स्कुटर चोरी गरेको आरोपमा अविनाश प्रकाउ
पाेखरा | मंसिर २६, २०८०
पोखरा: पोखरामा स्कुटर चोरी गरेको आरोपमा प्रहरीले अविनाश थापामगरलाई प्रकाउ गरेको छ ।
मुस्ताङचोकको भित्रि सडकबाट हराएको स्कुटर थापामगरले चलाइ रहेको अवस्थामा स्कुटरसहित वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो ।
पोखराको मुस्ताङचोकस्थित भित्री सडक खण्डमा पार्किङ गरेर राखेको ग १५ प २५१९ नम्बरको स्कुटर गएको मंसिर १६ गते हराएको भन्दै स्कुटर खोजीदिन निवेदन दिएका थिए ।
स्कुटर हराएको सूचनापछि खोजीकार्य अगाडी बढाएको बैदाम प्रहरीले पोखरा महानगरपालिका–९ नागढुङ्गास्थित धादिङको निलकण्ड नगरपालिका–६ घर भई पोखरा –८ बस्ने १८ वर्षीय थापामगरले चलाई राखेको अवस्थामा स्कुटर फेला परेको थियो ।
स्कुटर चोरी आरोपमा प्रकाउ परेका अविनाशलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

